नियम २२
रोजगार व्यवस्थापन सूचना प्रणाली
(१) प्रत्येक रोजगार सेवा केन्द्रले बेरोजगार व्यक्ति तथा रोजगारदाताको विवरणको अभिलेख राख रोजगार व्यवस्थापन सूचना प्रणालीको प्रयोग गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको रोजगार व्यवस्थापन सूचना प्रणालीको स्थापना र सञ्चालन मन्त्रालय मार्फत गरिनेछ ।
(३) उपनियम (१) बमोजिमको रोजगार व्यवस्थापन सूचना प्रणालीलाई नेपाल सरकारले प्रयोगमा ल्याएका अन्य एकीकृत सूचना प्रणालीसँग आबद्ध गर्न सकिनेछ ।